Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या

पाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या


भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ? लकडाउनको समय छ । दुई महिना भइसक्यो ।

संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ । त्यहिँ लकडाउन सुरु भएको केही दिनपछि श्रीमान बेपत्ता भए । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न् भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढलानको काम गर्ने क्रममा रमिला र मिलन मगरको भेट भयो । माया प्रेम गाँसे । केही दिन राम्रै भयो ।

‘सँगसँगैं बस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहि रह्यो’ प्रहरीसँगको बयानमा रमिलाले भनेकी छिन् ‘केही दिन हराउने फेरि कोठामा आउने गथ्र्यो’ । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जीवनमा लकडाउन सुरु भएपछि समस्या आएको थियो ।लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । यसैबेला उनको दोश्रो बच्चा भएको थियो । ‘दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने । घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए । स्थानीयले उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।

शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए । -रासस


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस