गृहपृष्ठ ∕ समाचार ∕ पाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या पाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या दीप संञ्चार जेठ १४, २०७७ गते ९:५० मा प्रकाशित भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ? लकडाउनको समय छ । दुई महिना भइसक्यो ।संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ । त्यहिँ लकडाउन सुरु भएको केही दिनपछि श्रीमान बेपत्ता भए । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न् भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढलानको काम गर्ने क्रममा रमिला र मिलन मगरको भेट भयो । माया प्रेम गाँसे । केही दिन राम्रै भयो ।‘सँगसँगैं बस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहि रह्यो’ प्रहरीसँगको बयानमा रमिलाले भनेकी छिन् ‘केही दिन हराउने फेरि कोठामा आउने गथ्र्यो’ । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जीवनमा लकडाउन सुरु भएपछि समस्या आएको थियो ।लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । यसैबेला उनको दोश्रो बच्चा भएको थियो । ‘दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने । घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए । स्थानीयले उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए । -राससक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ