गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना दीप संञ्चार जेठ १४, २०७७ गते ९:१४ मा प्रकाशित काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र त्यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ भने त्यसबारे ध्यानाकर्षण गराउने हाम्रो काम हो ।’ उनले आफूले फेब्रुअरीमा नै कोरोनाको महामारीबाट ठूलो संकट निम्तिने खतरा औँल्याएको उल्लेख गर्दै साना र मध्यम उद्योगलाई आर्थिक राहत प्रदान नगर्ने हो भने ठूलो नोक्सानी हुने बताएका छन् ।उनले भने, ‘जुन चेतावनी मैले फेब्रुअरीमा दिएको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । म पूर्ण सम्मानसहित सरकारसँग आग्रह गर्दछु कि आर्थिक कदम तत्काल चालियोस् । साना उद्योगको रक्षा सरकारले गरोस् । अन्यथा ठूलो नोक्सानी हुनेवाला छ ।’ उनले मोदी सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेजले केही पनि नहुने बताए । गान्धीले जनतालाई मासिक रूपमा दिने भनेको रकमको ५० प्रतिशत खातामा राखिदिन र ५० प्रतिशत मात्रै हातमा दिन आग्रह गरेका छन् । उनले भने, ‘यदि हामीले सिधै गरिब जनतालाई पैसा दियौँ, मजदुरलाई दियौँ भने बाहिरी देशमा हाम्रो छविमा नकारात्मक असर पर्छ र हाम्रो रेटिङ खराब हुन्छ ।’उनले सरकारप्रति मजदुरहरू विश्वस्त हुन नसकिरहेको भन्दै उनले भारतको शक्ति बाहिरबाट नभएर भारतभित्रैबाट बन्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । एजेन्सीक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल