गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना दीप संञ्चार जेठ १४, २०७७ गते ९:१४ मा प्रकाशित काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र त्यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ भने त्यसबारे ध्यानाकर्षण गराउने हाम्रो काम हो ।’ उनले आफूले फेब्रुअरीमा नै कोरोनाको महामारीबाट ठूलो संकट निम्तिने खतरा औँल्याएको उल्लेख गर्दै साना र मध्यम उद्योगलाई आर्थिक राहत प्रदान नगर्ने हो भने ठूलो नोक्सानी हुने बताएका छन् ।उनले भने, ‘जुन चेतावनी मैले फेब्रुअरीमा दिएको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । म पूर्ण सम्मानसहित सरकारसँग आग्रह गर्दछु कि आर्थिक कदम तत्काल चालियोस् । साना उद्योगको रक्षा सरकारले गरोस् । अन्यथा ठूलो नोक्सानी हुनेवाला छ ।’ उनले मोदी सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेजले केही पनि नहुने बताए । गान्धीले जनतालाई मासिक रूपमा दिने भनेको रकमको ५० प्रतिशत खातामा राखिदिन र ५० प्रतिशत मात्रै हातमा दिन आग्रह गरेका छन् । उनले भने, ‘यदि हामीले सिधै गरिब जनतालाई पैसा दियौँ, मजदुरलाई दियौँ भने बाहिरी देशमा हाम्रो छविमा नकारात्मक असर पर्छ र हाम्रो रेटिङ खराब हुन्छ ।’उनले सरकारप्रति मजदुरहरू विश्वस्त हुन नसकिरहेको भन्दै उनले भारतको शक्ति बाहिरबाट नभएर भारतभित्रैबाट बन्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । एजेन्सीक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रहकतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा…शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ?राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै ताजा अपडेट नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ – प्रधानमन्त्री राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा