Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त

एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त


दोहा – बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा खाद्यान्नमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती लाई कतारमा लामो समय देखि ब्यवसाय गर्दै आउनुभएका तथा एनआरएनए आईसीसी सदस्य रमेश भट्ट ज्युबाट चामल ४५० के जि र एनसीसी लेखा समिती सम्योजक मुक्तार आलम ज्युबाट चामल १८ के जि, प्याज २५ के जि, दाल ५ के जि, सोयाबिन १० प्याकेट र नुन ५ प्याकेज प्राप्त भएको सबैमा जानकारी गराउदछौ ।

NCC qatar

संकटका समयमा कतारमा रहेका नेपाली श्रमिकहरुको खाद्यान्न समस्या टार्न यहाँहरु बाट एनसीसीको राहत कोषमा गर्नुभएको सहयोगका लागि एनसीसी कतार धन्यवाद ब्यक्त गर्दछ साथै प्राप्त सहयोग खाद्यान्न एनसीसीको उद्धार तथा राहत बितरण समितिले कोरना भाइरसको प्रभावले खाद्यान्नको समस्यामा परेका नेपालिहरुलाई हस्तान्तरण गरिने जानकारी गराउदछौ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस