Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो

कोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो


दोहा – कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन ।

मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै १४८१ जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो। यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या ११ हजार ८ सय ४४ पुगेको छ ।

भाईरसबाट थप २ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु ६० र ५८ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९२७ जनामा गरिएको परीक्षणमा नयॉ १७४२ जनामा भाइरस सङ्क्रमण देखिए संगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ०७ पुगेको छ भने ३५ हजार ३ सय ३५ जनाको उपचार चलिरहेको छ ।

Corona update

१८५९ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २५७ जनालाई अस्पताल भर्ना गरिएको छ l थप १९ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २०५ रहेको छ l कुल १ लाख ९६ हजार ४ सय ११ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ l

स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ l


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस