Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारले शुरुगर्यो गृहकार्य, झण्डै ९ लाख नेपाली स्वदेश फिर्ता ल्याउने तयारी

सरकारले शुरुगर्यो गृहकार्य, झण्डै ९ लाख नेपाली स्वदेश फिर्ता ल्याउने तयारी


काठमाडौं – विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड -१९)का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थलिएको छ।

यसको व्यास्थापका लागि सरकारको कोभिड -१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरिय समिति, कोभिड -१९ विपद व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर ) तथा विभिन्न मन्त्रालयले संयुक्तरुपमा काम अगाडी बढाएका छन्। विश्वभरबाट निकै विरोध तथा आत्महत्या सम्मका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले प्रक्रिया शुरु गरेपनि कति नेपाली ल्याउने भन्ने तथ्यांक भने एकिन गर्न सकेको छैन।

दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेकाले विदेशबाट ल्याउने नेपालीको अनुमानित संख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको बताएका छन्।  पाण्डेका अनुसार झण्डै नौ लाखको हाराहारीमा नेपाली स्वदेश फिर्ता ल्याउन सकिने अवस्था आउन सक्छ।

समितिको पछिल्लो छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने छ भने नागरिक उड्ड्यन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित सुटनितिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना रहेको श्रोतले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस