Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना अपडेट : विहिवार विहानै थप 7 पुष्टि, संक्रमितको संख्या २४५

कोरोना अपडेट : विहिवार विहानै थप 7 पुष्टि, संक्रमितको संख्या २४५


काठमाडौंं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको छ ।

सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलवस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको थियो । तर, यी संक्रमितलाई मन्त्रालयले यसअघि नै गणना गरिसकेको थियो ।

मन्त्रालयले प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ । आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो ।

उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस