गृहपृष्ठ ∕ समाचार ∕ सीमा सुरक्षा चौकीमा आक्रमणको प्रयास, भारतीय पक्षले माफी माग्यो सीमा सुरक्षा चौकीमा आक्रमणको प्रयास, भारतीय पक्षले माफी माग्यो दीप संञ्चार वैशाख २४, २०७७ गते ८:३५ मा प्रकाशित काठमाडौंं – झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ ।झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए।“भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।”जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए ।राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह