Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी


काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् ।

के कति क्षति भयो एकिन गर्न सकिएको छैन । मानवीय क्षति भए नभएको पहिचान भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन ।

घटना स्थलमा प्रहरी, अग्नि नियन्त्रक तथ स्थानीयहरु उद्दारमा खटिएका छन् । अहिले आगो नियन्त्रण आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस