Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

शंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप


काठमाडौं – शंकर ग्रुपका मालिक सुलभ अग्रावालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ।

थर्मन गनको कालोबजारी गरेको आरोपमा अग्रवाललाई चैत २५ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।

मंगलबार जिल्ला प्रशासन कार्यालयले उनीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थपेको महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि उनीमाथि अनुसन्धान गर्न सात दिनको म्यान थपिएको थियो। उक्त म्याद मंगलबार सकिएसँगै प्रहरीले अनुसन्धान गर्न थप पाँच दिन मागेको हो।

तीन हजार पर्ने ज्वोरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्दै गर्दा उनी पक्राउ परेका थिए। उनको निलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस