गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि प्रिया स्मृती गजमेर चैत्र २७, २०७६ गते १३:२४ मा प्रकाशित दाङ्ग, लमहीमा रहेको प्रभु बैंक शाखाले लमही नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । दैनिकी ज्यालादारीमा निर्भर रहने र अति विपन्न बर्गका परिवारलाई पर्न गएको समस्यालाई ख्याल गरेर बैंकले राहत सहयोग गरेको हो ।लकडाउनका कारण दैनिक ज्यालादारी काम गरेर खाने अन्न जुटाउने बर्गलाई सहज होस् भनेर लमही नगरपालिकामा खडा गरिएको कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा बिभिन्न सामाजिक संघ सस्थाले राहत सहयोग प्रदान गर्ने क्रम जारि छ ।यसै बीच विहिवार बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत २५ बोरा चामल, ४ बोरा दाल, एक सय बिस पोका तेल र ५० प्याकेट नुन लमही नगरपालिकालाइ हस्तान्तरण गरिएको हो ।लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, बैकका अन्य कर्मचारीहरुको रोहवरमा लमही शाखा प्रबन्धक तुल्सीराम पौडेले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ति खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका हुन् ।त्यसैगरी महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीले पनि लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा पचाँस हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।विहिवार महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीका वरिष्ठ अधिकृत रमेश अधिकारीले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ नगद ५० हजार हस्तान्तरण गरेका हुन् । राहत उपलब्ध गराउने दाताहरुलाई नगर प्रमुख कुल बहादुर केसीले धन्यबाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार