Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग

उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग


दुख हरण यादव

दाङ्ग, गढवा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले लागू गरेको लकडाउन पालना गरिरहेका गरिब तथा अति बिपन्न परिवारलाई जिबिकोपार्जनमा सहयोग गर्न स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा देउखुरीका एक ब्यबसायीले आर्थिक सहयोग गरेका छन् । सहयोग गर्नेमा दाङ देउखुरीका एक सफल उधोगपति तथा ब्यबसायी शकरनाथ योगी रहेका छन् योगीले नगद १ लाख १ हजार सहयोग गरेका हुन् ।

नेपालमा पनि कोरोना रोगलाई नियन्त्रण गर्न लागु गरिएको लकडाउनबाट प्रभावित भएका बिपन्न बर्गलाई सहयोग होस भन्ने उद्देश्यले र एकद्वारा प्राणालीबाट राहत बितरण गर्दा कोहि न दोहोरिने र कोहि नछुट्ने भएकोले गाउँपालिका प्रकोप ब्यबस्थापन कोषमा रकम सहयोग गरेको व्यबसायी योगीले बताए ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गर्दै योगीले बिपतको समयमा सबै एक जुट भएर उद्दार र सहयोग गर्नु पर्ने बताए । राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सहयोगको उच्च मुल्यांकन गर्दै धन्यबाद दिएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस