गृहपृष्ठ ∕ समाचार ∕ डोटीमा युवतीको गोली हानी हत्या डोटीमा युवतीको गोली हानी हत्या दीप संञ्चार चैत्र २४, २०७६ गते १५:३७ मा प्रकाशित डोटी, डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इन्चार्ज थापाले बताए ।खड्कले भने आफूले गोली नहानेको बयान दिएको इन्चार्ज थापाले बताए । उनले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी बन्दुक पड्किएको आवाज आएको र त्यसपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बयान दिएका छन् ।घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ । घरमा दुईजना मात्रै भएको समयमा घटना भएकोले श्रीमानले हत्या गरेको हुन प्रहरीको आशंका छ । घरमा राखिएको भरुवा बन्दुकसमेत अवैध रहेको प्रहरीको भनाइ छ ।यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, एसपी दिलीपसिंह देउवाले पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटना कसरी भयो, कसले गर्यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए।डडेलधुराको भागेश्वर गाउँपालिका-५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको प्रेम सम्बन्धपछि गत फागुन २९ गते विवाह भएको थियो ।स्रोत- अनलाईन खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी…एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्मराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश