गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीद्वारा गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण सहकारीद्वारा गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण दीप संञ्चार चैत्र २४, २०७६ गते ११:३५ मा प्रकाशित दुख हरण यादव दाङ्ग, गढवा गाउँपालिकाले कोरोनाको संक्रमणबाट उत्पन्न भएको समस्या समाधान गर्न अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरणको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेर सहयोग गर्ने सहयोग दाताको संख्या बढ्दै गएको छ ।गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको समता ऋण तथा बचत सहकारी संस्थाले नगद आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेगम गहतराजको नेतृत्वमा व्यवस्थापक दुर्गा बहादुर सुनार,उपाध्यक्ष तुलाराम बिक,सचिव सहबिर बिक सहितको टोलीले गाउँपालिका भित्रका बिपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने कार्यक्रम अनुसार गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० हजार ५ सय रुपैयाँ सहयोग गरेको अध्यक्ष बेगम गहतराजले बताए ।राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्दै रकमलाई सहि ठाउँमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म राहत सहयोग गर्ने सहकारीहरुमा समता बचत तथा ऋण सहकारी संस्था पहिलो सहकारी रहेको गढवा गाउँपालिका प्रशासन शाखाका बुद्धिमान चौधरीले बताए ।कोषमा यस अघि एन आइसी एसिया बैंक, नेपाल निर्माण श्रमिक संघ, नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सहयोग हस्तान्तरण गरि सकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप