गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीद्वारा गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण सहकारीद्वारा गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण दीप संञ्चार चैत्र २४, २०७६ गते ११:३५ मा प्रकाशित दुख हरण यादव दाङ्ग, गढवा गाउँपालिकाले कोरोनाको संक्रमणबाट उत्पन्न भएको समस्या समाधान गर्न अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरणको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेर सहयोग गर्ने सहयोग दाताको संख्या बढ्दै गएको छ ।गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको समता ऋण तथा बचत सहकारी संस्थाले नगद आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेगम गहतराजको नेतृत्वमा व्यवस्थापक दुर्गा बहादुर सुनार,उपाध्यक्ष तुलाराम बिक,सचिव सहबिर बिक सहितको टोलीले गाउँपालिका भित्रका बिपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने कार्यक्रम अनुसार गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० हजार ५ सय रुपैयाँ सहयोग गरेको अध्यक्ष बेगम गहतराजले बताए ।राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्दै रकमलाई सहि ठाउँमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म राहत सहयोग गर्ने सहकारीहरुमा समता बचत तथा ऋण सहकारी संस्था पहिलो सहकारी रहेको गढवा गाउँपालिका प्रशासन शाखाका बुद्धिमान चौधरीले बताए ।कोषमा यस अघि एन आइसी एसिया बैंक, नेपाल निर्माण श्रमिक संघ, नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सहयोग हस्तान्तरण गरि सकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट