Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रकोप व्यवस्थापन कोषमा कांग्रेसको आर्थिक सहयोग

प्रकोप व्यवस्थापन कोषमा कांग्रेसको आर्थिक सहयोग


दुख हरण यादव

दाङ्ग, नेपाली काङ्ग्रेस क्षेत्र नं १ देउखुरीले गढवा गाउँ पालिकाको प्रकोप ब्यबस्थापन कोषमा आइतबार नगद सहयोग गरेको छ ।

बिस्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट बच्न सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै आएका दैनिक ज्यालादारी काम गरि जिबिकोपार्जन गर्ने गरिब ,बिपन्न तथा अति बिपन्न परिवारको उद्दार,सहयोग,तथा राहतको लागि गढवा गाउपालिकाले स्थापना गरेको प्रकोप ब्यबस्थान कोषमा नगद २५ हजार सहयोग गरेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सभापती भेष राज पाण्डेले जानकारी दिए ।

क्षेत्रीय सभापती भेष राज पाण्डेको नेतृत्वमा नेपाली काङ्ग्रेस गढवाका सभापती बालचन्द्र हमाल, निबर्तमान क्षेत्रिय सभापती अनुराग यादव,उमाकान्त पन्त लगाएतको सहभागितामा राहत लिएर गएको गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

राहत स्वरुप नगद बुझ्दै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लाल बहादुर योगीले नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले यस गाउँपालिकाको बिपन्न तथा गरिब परिवारको लागि एकद्वार प्राणाली मार्फत बितरण गरिने राहतमा साथ र सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्दै रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाए ।

दाङ क्षेत्र नं १ काङ्ग्रेसले देउखुरीको ३ वटा गाउँपालिका र एउटा नगरपालिका गरि ४ वटै स्थानीय तह र घोराही उपमहानगरपालिकालाई २५/२५ हजारको दरले १ लाख २५ हजार नगद राहतकोषमा सहयोग गरेको छ ।

जस्मा देउखुरीको राजपुर गाउँपालिकामा नेपाली काङ्ग्रेस महा समिती सदस्य जानकीलाल बस्नेत,राप्ती गाउँपालिकामा संविधान सभा सदस्य शुशिला चौधरी,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी र नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्य उम्मेदवार कमल किशोर घिमिरेको नेतृत्वमा गएको टोलिले राहत रकम हस्तान्तरण गरेको सभापती पाण्डेले बताए ।

यस अघि नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले गढवाको मनिकापुरका आगलागी पिडितलाई खाद्यान्न सहयोग गरेको थियो ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस