गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल सामग्री लिन नेपाली ध्वजाबाहक जहाज चीनको ग्वाङजाओ प्रस्थान मेडिकल सामग्री लिन नेपाली ध्वजाबाहक जहाज चीनको ग्वाङजाओ प्रस्थान दीप संञ्चार चैत्र २०, २०७६ गते १३:३९ मा प्रकाशित काठमाडौं – छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ । यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।मलेसियन जहाजले लग्यो नेदरल्याण्डका नागरिक लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु आज विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् । यसअघि अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए ।निगमको वाइड बडीले अष्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरीकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ ।राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु