Techie IT
×
गृहपृष्ठसमाचारसंरक्षित बालबालिकाहरुलाई राहत दिन सरोकार संस्थाहरुको सरकारलाई अनुरोध

संरक्षित बालबालिकाहरुलाई राहत दिन सरोकार संस्थाहरुको सरकारलाई अनुरोध


काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को बढ्दो महामारीबाट बालगृहमा संरक्षित बालबालिकाहरु समेत प्रभावित भएको र अझै भयावह स्थिति आउने संकेत देखिए संगै राष्ट्रिय बाल अधिकार परिषसद संगै बालअधिकारको क्षेत्रमा कार्यरत महासंघ लगाएत विविन्न सरोकार सस्थांहरुले नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई विशेष राहत घोषणा गर्न  सामुहिक विज्ञप्ति मार्फत अनुरोध  गरेका छन्।

विश्वनै ठप्प भएको यस घडिमा नेपाल भर संचालित ५ सय ३३ बालगृहहरुमा  १५ हजार ४५ जना बालबालिकाहरु छन् भने, ५ सुधारगुहहरुमा ८ सय २७ जना बालबालिकाहरु आश्रित रहेका छन्।

त्यस्तै १३ वटा सडक बालबालिका पुर्नस्थापना केन्द्रहरुमा ४ सय जना र बाल हेल्प लाइन १०९८ को अस्थायी संरक्षण केन्द्रहरुमा ८२ जना बालबालिकाहरु गरि जम्मा १६ हजार ३ सय ५४ बालबालिकाहरु आश्रित रहेकाछन् ।

विज्ञप्तिमार्फत यसरी संरक्षित बालबालिकाहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था तथा सहयोगी व्यक्तिहरुको सहयोगबाट पालन पोषण गरिएको अवगत  गराउंदै आजको यो विषम परिस्थितिमा ति संस्थाहरु एवं व्यक्तिहरु आफै पनि आआफ्नो घरमा बन्दी हुनु परेको साथै विश्वको नै सम्पूर्ण आर्थिक गतिविधीहरु पूर्णरुपमा ठम्प भएको र यो अवस्था कहिले सम्म रहने भन्ने कुरा अनिश्चित रहेको कुरा अवगत समेत गराइएको छ।

विज्ञप्तीमा राष्ट्रिय बाल अधिकार परिषदले संरक्षित बालबालिकाको लागी विशेष राहतको व्यवस्था गर्न नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रत्यक बालबालिकाहरुलाई प्रति बालबालिका १० हजार रुपैयाँका दरले  राहत उपलब्ध गराउनु पर्ने प्रस्ताव समर्थन जनाउँदै उक्त प्रस्थाव सान्दर्भिक र अत्यन्त सराहनिय छ रहेको बताउँदै भनिएको छ, ‘हामी उल्लेखित महासंघ यस प्रस्तावको पूर्ण कार्यन्वयनको पक्षमा समर्थन गदैछौं र यस प्रस्ताव कार्यन्वयमा हाम्रो तर्फबाट दिनु पर्ने आवश्यक सहयोगको लागी प्रतिबद्ध छौं । साथै राज्यले बालबालिका प्रतिको दायित्वबोध गदै प्रस्तावित यस प्रस्ताव समयमै पठाउँने राष्ट्रिय बाल अधिकार परिषदलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।’

उक्त विज्ञप्ती बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष मनोज कुमार कँडेल, बालगृहहरुको महासंघ नेपालकि अध्यक्ष दुर्गा मैनाली, मगर बालबालिका बन्दी तथा अश्रितहरुका लागी कार्य समूहकि अध्यक्ष अध्यक्ष, इन्दिरा राणा र राष्ट्रिय मातृ तथा बाल स्वस्थ्य संजालका अध्यक्ष अशोक योगीले संयूक्त जारी गरेका हुन्। 


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस