गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण दीप जङ्ग शाह चैत्र १३, २०७६ गते १२:१४ मा प्रकाशित काठमाडौं – विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा रहेका अनाथ तथा गरिब बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ । हाल केहि दिन देखि काठमाडौंबाट नेपालगन्ज पुगेका बालबालिकाहरु अलपत्र परेका छन् ।काठमाडौंको थानकोटमा रहेको गुम्बामा अध्यनरत ति बालबालिकाहरु कोरोनाको त्रासले मुगुमा रहेका उनीहरको अभिभावक सम्म पुराउन नेपालगंज पुराइएको तर देश लकडाउन हुँदा अलपत्र परेको बालबालिकाहरुको हक हितमा काम गरिरहेको बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपाल(सीएनएफएन)का अध्यक्ष्य मनोज कुमार कंडेलले दीप संचार मिडियालाई बताएका छन्।अध्यक्ष्य कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्ब गृहमन्त्री जनार्दन शर्माको फेसबुक पोस्ट र बुधबार प्रकाशित रातो पाटी अनलाइनमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकार्षण भएको जनाउँदै अलपत्र बालबालिकाको छिटो भन्दा छिटो उद्धार गर्न अपिल गरेका छन्।महासंघले यस सम्बन्धमा नेपाल सरकार तथा बालबालिकाको अधिकारको लागी कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष्य मनोज कुमार कंडेलले एक विज्ञप्ति निकाल्दै सम्बधित सबैमा हार्दिक अपिल गरेका छन्।अध्यक्ष्य कंडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसरी बिभिन्न स्थानमा अलपत्र अबस्थामा रहेका ति बालबालिकालाई तुरुन्तै उद्धार गरि अस्थायी सेल्टरमा राखी उचित व्यवस्था गर्न र परिबारको पहिचान गरि तुरुन्त परिबारीक मिलनको व्यवस्था गर्न अनुरोध गर्दछौं ।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न