गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण दीप जङ्ग शाह चैत्र १३, २०७६ गते १२:१४ मा प्रकाशित काठमाडौं – विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा रहेका अनाथ तथा गरिब बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ । हाल केहि दिन देखि काठमाडौंबाट नेपालगन्ज पुगेका बालबालिकाहरु अलपत्र परेका छन् ।काठमाडौंको थानकोटमा रहेको गुम्बामा अध्यनरत ति बालबालिकाहरु कोरोनाको त्रासले मुगुमा रहेका उनीहरको अभिभावक सम्म पुराउन नेपालगंज पुराइएको तर देश लकडाउन हुँदा अलपत्र परेको बालबालिकाहरुको हक हितमा काम गरिरहेको बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपाल(सीएनएफएन)का अध्यक्ष्य मनोज कुमार कंडेलले दीप संचार मिडियालाई बताएका छन्।अध्यक्ष्य कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्ब गृहमन्त्री जनार्दन शर्माको फेसबुक पोस्ट र बुधबार प्रकाशित रातो पाटी अनलाइनमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकार्षण भएको जनाउँदै अलपत्र बालबालिकाको छिटो भन्दा छिटो उद्धार गर्न अपिल गरेका छन्।महासंघले यस सम्बन्धमा नेपाल सरकार तथा बालबालिकाको अधिकारको लागी कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष्य मनोज कुमार कंडेलले एक विज्ञप्ति निकाल्दै सम्बधित सबैमा हार्दिक अपिल गरेका छन्।अध्यक्ष्य कंडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसरी बिभिन्न स्थानमा अलपत्र अबस्थामा रहेका ति बालबालिकालाई तुरुन्तै उद्धार गरि अस्थायी सेल्टरमा राखी उचित व्यवस्था गर्न र परिबारको पहिचान गरि तुरुन्त परिबारीक मिलनको व्यवस्था गर्न अनुरोध गर्दछौं ।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल