Techie IT
×
गृहपृष्ठसमाचाररोटरी क्बल भादगाँउको रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्बल भादगाँउको रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं – रोटरी क्बल भादगाँउको संयोजनमा प्रत्येक वर्ष नियमितरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष पश्चिम ठमेल पर्यटन परिषद र नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँगको सहकार्यमा यही मिती चैत्र सातमा नेपाल कटेज रिशोर्ट पकनाजोलमा संम्पन्न गरेको छ ।

रोटरी क्लब भादगाँउका अध्यक्ष रोटरीयन बशन्ती शाही र पश्चिम ठमेल पर्यटन परिषदको अध्यक्ष सन्तोष पाँडेले एकसाथ रक्तदान गरेर शुरु भएको यस कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल लगायत सम्पूर्ण पदाधिकारी र परिषदका सबै पदाधिकारीको सहभागीता थियो। १ सय भन्दा बढि पश्चिम ठमेलमा पर्यटन क्षेत्रमा कार्यरत व्यवसायीहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटीको अनुसार हाल रगतको अभाव रहेको हुदाँ रेडक्रसको समेत छिटो कार्यक्रम गर्न अनुरोधमा यो कार्यक्रम संचालन गरिएको र अन्य क्षेत्रमा समेत यस कार्यक्रमलाई अगाडि बढाउने रोटरी क्लबकी अध्यक्ष  बशन्ती शाहीको भनाईछ । शाहीका अनुसार तुरुन्तै भक्तपुरमा समेत यो कार्यक्रमको तय गरिएको छ ।

हालको कोभिड–१९ को अवस्थालाई ध्यानमा राख्दै उक्त कार्यक्रम स्थलमा प्रबेश गर्नु पूर्व हात धुने, सेनिटाईजर सहितको व्यवस्था पूर्ण सुरक्षीत वातारण राखी सहभागीहरुलाई निशुल्क मास्क वितरण गरिएको थियो ।

परिषदका र क्लबका अध्यक्षले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिएका थिए साथै कार्यक्रममा विभिन्न मास्क लागाएका समानहरु सहयोग गर्ने क्लब र परिषदका पदाधिकारी तथा सदस्यहरुलाई पनि धन्यबाद दिएका थिए। परिषदका अध्यक्ष सन्तोष पाँडेले आउदा दिनमा पनि रोटरी क्लब सँगको समाजिक कार्यमा सहकार्यलाई निरन्तर दिने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस