गृहपृष्ठ ∕ समाचार ∕ बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको बालगृह तथा अनाथालयलाई विशेष अनुरोध बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको बालगृह तथा अनाथालयलाई विशेष अनुरोध दीप जङ्ग शाह चैत्र १०, २०७६ गते २१:०५ मा प्रकाशित काठमाडौं – पछिल्लो समयमा विश्वमै समस्याको कडी बनेको कोरोना भाइरसले बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ। बालबालिकाहरुको हक हितमा काम गरिरहेका बालगृह तथा अनाथालयमा अधिकांश बालबालिकाको आफ्नो परिवार रहेको र विषम परिश्तिति सृजना भएमा बालगृह तथा अनाथालयले बोझ धान्न सम्भव नहुने लगाएतको विविध समस्या आइपर्ने देखिएको छ ।यसै कुराको मध्यनजर गर्दै बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपालले आजै एक विज्ञप्ति जारी गर्दै बालगृह तथा अनाथालय संचालकहरुमा “कोभिड –१९ भाइरस“ सम्बन्धमा विशेष अनुरोध गरेको छ। महासंघका अध्यक्ष मनोज कुमार कंडेलद्वारा जारी विज्ञप्ति अंश जस्ताको त्यस्तै :बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपालको बालगृह तथा अनाथालय संचालकहरुमा “कोभिड –१९ भाइरस“ सम्बन्धमा हार्दिक अनुरोध :१) नेपालका बालगृह तथा अनाथालयमा ८० प्रतिशत बालबालिकाहरुको परिबार भएको (यूनिसेफ अनुसार) र हाल १६००० (नेपाल सरकार) भन्दा बढि बालबालिकाहरु बालगृह तथा अनाथालयमा रहेको यस जोखिम अबस्थामा ति बालबालिकाहरुलाई उनीहरुको परिबारमा फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं । अनिश्तिकालीन स्कूल तथा कलेजहरु बन्द रहेको यस अबस्थामा ति बालबालिकाहरुले उनीहरुको परिबारमा पारिबारिक माया ममताको विच घरयासी कामकाज तथा शिपहरु समेत ज्ञान आर्जन गर्ने र “कोभिड –१९ भाइरस“को जोखिमबाट समेत झन बढि सुरक्षित रहने हुदाँ जिम्मेदारी पूर्बक ति परिबारबाट टाढा रहेको बालबालिकाहरुलाई परिबारमा बस्ने व्यवस्था मिलाउन बालगृह तथा अनाथालय संचालक तथा नेपाल सरकारको सम्बन्धीत निकायलाई समेत बालगृह तथा अनाथालय संचालकहरुलाई आबश्यक सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।२) कुनै बालबालिकाहरुको अभिभावक यस अबस्थामा बालबालीकाहरुलाई लिन आएको अबस्थामा उनीहरुलाई समेत अन्य बालबालीकाहरुबाट टाढा राख्ने र उनीहरु कसरी आए र उनीहरु बाटोमा आउदा र घर जादाँ हुने जोखिमलाई अत्यधिक कम हुने गरि बालबालिका पठाउने व्यवस्था गर्नु हुन समेत हार्दिक अनुरोधछ ।३) सुनिएको छ कतिपय बालगृह तथा अनाथालयहरुले अझै पनि विदेशी तथा स्वदेशी स्वयंसेवकहरु बालगृह तथा अनाथालयहरुमा राख्ने गरिएकोछ (अपुष्ट समाचार) । हामी सम्पूर्ण बालगृह तथा अनाथालयहरुलाई तल्काल कुनै पनि बिदेशी तथा स्वदेशी स्वयसेवकहरु बालगृह तथा अनाथालयमा कार्यरतछन् भने तुरुन्त हटाउन र कम्तीमा आउदो ३ महिनाको लागी कुनै पनि स्वदेशी तथा विदेशी स्वयसेवकहरु नलिन हार्दिक अनुरोध गर्दछौं ।४) पूर्ण रुपमा नयाँ तथा पुराना आगन्तुतहरु जुन स्वदेशी, विदेशी तथा बालगृहरुको सहयोगी तथा दातृ संस्थासँग सम्बन्धीत बिदेशीहरुलाई समेत बालगृह तथा अनाथालयमा आगमन निशेष गर्नुहोस् ।५) कुनै पनि बालगृह तथा अनाथालयमा १०÷५ काम गर्ने, हाफ समय तथा सिमित समय मात्र काम गर्ने कर्मचारीहरु छन् भने उनीहरुलाई कि आबाशिय कर्मचारी बनाउनुस कि तल्कालको लागी १ महिना विदा दिएर बालगृह तथा अनाथालयमा आबाशिय कर्मचारीहरु मात्र राख्नुहोस् ।६) नेपाल सरकारको मापदण्ड अनुसार बालगृह तथा अनाथालयहरुलाई पूर्ण स्वच्छ तथा सफा बनाउनुस् र बालबालिकाहरुलाई हाइजेनिक जिबन र यसको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई बालगृह तथा अनाथालयलाइ स्वच्छ तथा सफा बनाउन पुर्ण सहभागी गराउनुस जसबाट उनीहरुले आज सिकेको शिप तथा व्यवहार जिवन उपयोगी हुनेछ ।७) बालबालिकाहरुलाई अति आबश्यक अबस्थामा बाहेक बाहिर निस्कन नदिने र बालगृह तथा अनाथालय भित्र उनीहरुलाई आबश्यक मनोरान्जन तथा घरभित्र खेल्न सकिने खेल समाग्रीहरुको व्यवस्था उनीहरुलाई योगा जस्ता जिवनउपयोगी ज्ञान दिने व्यवस्था गर्नुहोस् ।८) यस अबस्थामा अती आबश्यक खाध्य समाग्रीहरु, ओषधी लागाएतको अभावहुने हुदाँ बालगृह तथा अनाथालयहरुलाई सहज बातवरणमा अत्यबश्यक समानहरु पाउने व्यवस्था मिलाई दिन हुन यस महासंघको नेपाल सरकारलाई विशेष आग्रह गर्न चाहान्छु ।९) बालगृह वा अनाथालयमात्र होईन कुनै पनि क्षेत्र जहाँ समुहमा रहनु पर्ने हुन्छ जस्तै अस्पताल, व्यरेकहरु उच्च जोखिममा रहेको हुन्छ । हाल सम्म सम्पूर्ण बालगृहहरुमा संरक्षित बालबालिकाहरु पूर्ण रुपमा स्वस्थ रहेकाछन् । कुनै पनि नराम्रो अबस्था आउन नदिनको लागी उच्च सर्तकता अपनाउन सम्पूर्ण बालगृह तथा अनाथालयहरुलाई हार्दिक अपिल गर्दर्छौ ।१०) कुनै पनि जोखिम तथा शंकाको अबस्थामा सम्पूर्ण बालगृह तथा अनाथालयहरुले तल्काल १०४ मा सम्पर्क गरि आबश्यक सहयोगको व्यवस्था समेत गर्नको लागी नेपाल सरकारले व्यवस्था गर्नको लागी नेपाल सरकार सम्बन्धीत निकायलाई हार्दिक अनुरोध गर्दछौं ।११ ) यस सम्बन्धमा कुनै पनि बालगृहहरुलाई आबश्यक पर्ने सम्पूर्ण सहयोगको लागी यस बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघले यस संस्थाको अध्यक्ष श्री मनोज कुमार कँडेलको संयोजनमा समिती समेत बनाई कार्य गरिहेको हुदाँ यस ९८५१०२१३७१ मा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौं । साथै यस कार्यमा सहकार्य गर्न इच्छुक संस्थाहरुलाई समेत हात बढाउन हार्दिक अनुरोध गर्दछु ।अध्यक्ष : मनोज कुमार कँडेल, बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ, नेपाल, भृकुटीमन्डपमहासंघको इमेल ठेगाना : crights@gmail.comक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?