गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त प्रिया स्मृती गजमेर फागुन २३, २०७६ गते १३:३८ मा प्रकाशित दाङ्ग, दाङको राप्ती गाउँपालिका–५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पत्रकार सन्तोषकुमार गुप्तालाई दाङ देउखुरी जिल्ला अदालतले थुनामुक्त गरेको छ ।संस्थाका ऋण उपसमितिका संयोजक रहेका पत्रकार गुप्तालाई अदालतका २ नम्बर इजलासका न्यायधीश हिमलाल बेल्बासेको एकल इजलाशले दोषी ठहर गर्ने कुनै अाधार नभएको भन्दै सफाई दिदै थुनामुक्त गर्ने फैसला गरेको हो । पत्रकार गुप्तालाई संस्थाको ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अारोप लागेको थियो ।रकम हिनामिना गरेको आरोप लागेपछि पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो । पक्राउ परेका पत्रकार गुप्तालाई मंसिर ३ गते तत्कालीन न्यायाधिश श्यामलाल घिमिरेले पुर्पक्षमा राखेर अनुसन्धान गर्ने अादेश गरेका थिए ।करिव १६ महिना जिल्ला कारागार कार्यालय घोराही बसाइँ पछि फागुन २२ गते बिहीबार जिल्ला न्यायाधीश बेल्वासेको एकल इजलासले गुप्तालाई सफाई दिएको हो । यता संस्थाका व्यवस्थापक रमिता चाैधरीलाई भने अदालतले दोषी ठहर गर्दै एक महिना भित्र कैद जरिवानाको सुनवाई गर्ने अदालतका श्रेस्तेदार प्रेमनारायण पराजुलीले जानकारी दिएका छन् ।सहकारी संस्थाका अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको किटानी जाहेरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक गुप्ता र त्यसको केही समय पछि व्यवस्थापक चाैधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियोे ।हाल रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान तथा संस्थाका पुर्व सचिव बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम