Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५यादव सेवा समाजको चुनाबी माहोल तातिदै

यादव सेवा समाजको चुनाबी माहोल तातिदै


दुखहरण यादव

दाङ्ग, यादव समाज सेवा सङ्ग केन्द्रीय कार्यालय गढवाको चुनावी चर्चा बढेको छ । चुनाब नजिकिए पछि बिभिन्न पदका दाबेदार उम्मेद्वारहरु आफ्ना आफ्ना मतदाताहरु संग भेटघाटमा व्यस्त भएका छन् ।

गएको माघ २३ र २४ गते सम्पन्न भएको बन्द शत्रबाट सहमती कार्यसमितीको सहमती हुन नसक्दा प्रजातान्त्रिक अभ्यासबाटै चुनावी प्रक्रिया बाट कार्यसमिती बनाउन फागुन १५ गते उम्मेदवारी दर्ता गरिए सङै गढवा र राजपुर गाउँपालिकाको यादव समुदायको गाउं,टोल,चोक चोकमा चुनावी चर्चा बढेको हो ।

सस्थाका अध्यक्ष पदको लागि उपाध्यक्ष रामदास यादव,सचिव पुष्पा यादव,शोभाराम यादव र हिरालाल यादवले उम्मेदवारी दिएका थिए । फागुन १६ गते राजपुर गाउँ पालिकाकी पुस्पा यादव र गढवा गाउँ पालिकाका राम दास यादव अध्यक्ष पद बाट उम्मेदवारी फिर्ता लिएपछि चुनावी रौनकता बढेको हो ।

सस्थाको निबर्तमान उपाध्यक्ष भएकोले बलियो मानिएको रामदास यादवले उम्मेद्वारी फिर्ता लिएपछि आफुलाइ चुनाव जित्न धेरै सजिलो हुने अध्यक्ष पदका उम्मेदवार हिरालाल यादवले बताएका छन । २०५२ सालमा यादव समुदाय भित्र ब्याप्त रहेको बाल बिबाह ,समाजिक कुरिति -कुसंस्कारलाई चिर्दै यादव समुदायलाइ शिक्षामा पहुच तथा आफ्नो भाषा सस्कृतीलाई जगेर्ना गराउने उद्देश्यले गठन गरिएको यादव समाजले वाल विबाहलाई समाजमा ७५% सुधार गराउन सफल भएको छ ।

समाजमा बाल बिबाह निराकरण गरे जस्तै दिगो रुपमा संस्कृतिको संरक्षण, अवधी भाषाको संरक्षण तथा बिकाश गर्न अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी रहेको राजपुर गाउँपालिका वडा न ७ मोतिपुरका हिरालाल यादवको भनाई छ ।

उनले यादव समाज स्थापना भएको २४ बर्ष हुदा सम्म सधै पुर्ब गढवा, गंगापरस्पुरका साथीहरुलाइ सहमतीको बाताबरण या चुनावी प्रक्रिया बाट सधै समर्थन गर्दै आएकोले र अहिले देउखुरी भरीको अधिकाश यादव समुदायले पश्चिम राजपुर गाउपालिका तिरबाट अध्यक्ष पद्को लागि मेरो नाममा सहमति भएको कारणले उम्मेद्वारी दिएको र मतदाता हरुको सहयोग र साथ पाए आफ्नो जित सुनिश्चित भएकोले चुनाव चिन्ह भगवान गणेशमा मतदान गर्नु हुन सबै यादव समाज लाई अनुरोध गरेका छन् ।

नेपाली काङ्ग्रेस निकट रहेका हिरालाल यादव यस अघि यादव समाज सेवा संघको क्षेत्रीय कार्यालय राजपुरको सभापती भएर २ कार्यकाल जिम्मेवारि सम्हालीसकेका छन् । संघको यहि फागुन २४ गते शनिवार मतादान हुदैछ । अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १ र ६ सदस्यको लागि मतदान हुने भएको छ । सचिवको लागि अनिल कुमार यादव सहमतीबाट निर्बिरोध निर्बाचित भैसकेका छन ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस