Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने

स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने


दाङ्ग, कुनै समय नेपाली राजनीतिमा प्रभाब जमाएका नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खड्काको सम्झनामा शालिक राखिने भएको छ ।

उक्त शालिक शिलान्यास गर्न कांग्रेस केन्द्रिय महामन्त्री तथा पूर्व गृहमंत्री पुर्ण बहादुर खड्का भोलि सोमवार दाङ्गको अमिलिया आउन लागेका छन् ।

लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया चोकमा स्वर्गीय नेता खड्काको शालिक राखिन लागेको नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले जानकारी दिए । यस अघि नेता खड्काको शालिक कहाँ राख्ने भन्ने बारेमा नेपाली कांग्रेस दाङ्ग भित्र गहिरो छलफल भएको थियो ।

उक्त छलफलबाट सबै भन्दा उत्तम स्थान दाङ्ग देउखुरीको अमिलिया चोक हुने भन्दै निर्णय गरेको थियो । सोहि निर्णय अनुशार अमिलिया चोकमा शालिक राख्न लागिएको हो ।

भोलि सोमवार बिहान पूर्व गृहमंत्री खड्काद्धारा स्वर्गीय नेता खड्काको शालिक शिलान्यास कार्यक्रम भएकोले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ तथा नेपाली कांग्रेसको बिभिन्न भातृ सस्था एबम सुभेच्छुकहरुलाई सहभागी भैदिन नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस