Techie IT
×
गृहपृष्ठसमाचारकोरोना अपडेट : चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर काठमाडौंको लागि जहाज उड्यो

कोरोना अपडेट : चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर काठमाडौंको लागि जहाज उड्यो


हुवान – चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ।

कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।

जहाज आइतबार बिहान सवा दुई बजे अवतरण गर्ने भनेपनि केही ढिलाइ हुने भएको छ।

नेपालले वुहानमा रहेका १ सय ८५ नेपालीलाई स्वदेश लाउन लागेको भएपनि ६ जना स्वास्थ्यको कारण उतै रोकिएको र बाँकी ४ जनाले उतै बस्न चाहेका हुन्। यसबारे दूतावासले केहीबेरमा विज्ञप्ती जारी गर्दैछ।

नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई  प्रान्तमा रहेका नेपालीहरु दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस