Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५शिवरात्रीको अवशरमा दाङ्गको जखेरामा महोत्सव हुने

शिवरात्रीको अवशरमा दाङ्गको जखेरामा महोत्सव हुने


दाङ्ग, दाङ्गकै प्रसिद्ध पर्यटकीय स्थल जखेरा ताल परिसरमा जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले यहि फागुन ८,९ र १० गते चौथो जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सव लगाउने भएको छ ।

“ताल तलैया तथा पर्यटकीय स्थलको संरक्षण गरौ, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौ” भन्ने मूल नारा रहेको छ । समितीले आज शनिवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महोत्सवमा कम्तिमा पनि बीस हजार पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको बताएको छ ।

मेलामा सहत्तरीवटा स्टल रहने छन् । महोत्सबबाट संकलन भएको रकमबाट सम्पुर्ण खर्च कटाएर ३ लाख बचत गर्ने योजना रहेको छ । मेलामा प्रवेश शुल्क ५० रुपैया निर्धारण गरिएको छ । स्टल राख्नेका लागि प्रति स्टल भाडा तिन हजार हुने छ ।

सुन्दर पर्यटकीय स्थलको अवलोकन, आकर्षक डुंगाबाट ताल परिक्रमा गर्न सकिने, महाशिवरात्री पर्वको अवशरमा सिद्धेश्वर महादेव स्थानमा बिशेष पुजा आरधना, स्थानिय कला संस्कृति झल्किने बिभिन्न झाकीहरु, स्थानीय थारु परिकारको स्टलहरु, ख्याति प्राप्त रास्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति मेलाका मुख्य आकर्षक रहेको छ ।

मेलालाई व्यवस्थित गर्नका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा रबिध्वज थापाको संयोजकत्वमा ५ जना महोत्सव सचिवालय उपसमिति, बाबुएराम चौधरीको संयोजकत्वमा ५ जना आर्थिक उपसमिति र सुरज पाण्डेको संयोजकत्वमा ७ जना व्यवस्थापन उपसमिति गठन भएको छ ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष राम प्रसाद उपाध्यायको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव लोकमनी बन्जाडेले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस