Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५महोत्सवमा महानायक हमाललाई हेर्नेको भिड

महोत्सवमा महानायक हमाललाई हेर्नेको भिड


दाङ – देउखुरीको लमहीमा आयोजित प्रथम कृषि तथा औद्योगिक महोत्सवको आज सातौ दिन दशौ हजार दर्शकले महोत्सवको अबलोकन गरेका छन ।

दिन प्रतिदिन महोत्सवमा अबलोकन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको आयोजकले बताएको छ । प्रत्येक दिन फरक फरक कलाकारहरुको प्रस्तुतिले मेलालाई झन् रौनकता दिएको छ ।

घुम्न जाउ देउखुरी, सफल बनाउ भ्रमण बर्ष २०२० भन्ने मुल नाराको साथ लमही चेम्बर अफ कमर्सले आयोजना गरेको ब्यापारिक महोत्सवमा चलचित्र जगतका महानायक राजेश हमालको नृत्यले दर्शकदिर्घालाई मोहित बनाएको थियो । महानायक हमाललाई हेर्नकै लागि दुर दराजका बस्तिबाट मानिसहरुको ओइरो लागेको थियो ।

महानायक हमालका पुराना फिल्म सहयात्री लमही निवासी कृष्ण लाल गुप्ताको दोहोरो संवादले दर्शकको मन जितेको थियो । गुप्ताले महानायक हमालसंग झन्डै आधा दर्जन नेपाली फिल्ममा खलनायकको भूमिकामा अभिनय गरेका छन् ।

त्यस्तै नेपाली लोक दोहोरी गितका चर्चित गायक चन्द्र शर्माको प्रस्तुतिले दर्शकलाई छमछम्ती नचाएको थियो । बाच्छीले धान खायो, धानको चामल धानकै सिरौला, टप्पा जस्ता चर्चित गित गाएर मनोरंजन दिएका थिए ।

पछिल्लो समयका निकै व्यस्त कलाकार मध्ये दाङ्गका शर्मा जँहा पुग्छन त्यहा दर्शकलाई नचाएरै छोडछन् । सुनसान भएको माहोल तताउनमा एक नम्बर छन् गायक शर्मा । युवा देखि बृद्ध सम्मले रुचाएका शर्मा बिभिन्न मेला महोत्सवमा यतिखेर व्यस्त छन् ।

बिहिवार मेलामा महानायक राजेश हमाल, दोहोरी गायक चन्द्र शर्मा, ढाकाराम पौडेल, दीक्षा सुनार, कमल नारायणी डान्स, सगरमाथा डान्स नेपालगंजका कलाकारहरुको बेजोड प्रस्तुतिले मेलालाई थप रोचक बनेको थियो ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस