Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला

जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला


दाङ, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत लमही नगरपालिकाका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे क्षमता विकास कार्यशाला बिहिवार देखि दाङ्गको लमहीमा सुरु भएको छ ।

राष्ट्रिय प्रारम्भिक शिक्षा कार्यक्रमकाे सहयाेगमा लमही नगरपालिकाकाले कार्यशाला अायाेजना गरेकाे हाे । रमाइलो पढाइ दिगाे सिकाइ अन्तरगत कक्षा १,२,३ का बालबालिकाकाे पढाइ सीप अभिवृद्धि गर्न कार्यक्रम लागू भएको हाे ।

जिल्लामा ४२० विद्यालय छन । जस मध्य १३४ विद्यालयलाइ इजीअारपीले २ लाखका दरले अनुदान दिइएको छ । कार्यशालाकाे नगरप्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन । लमहीकाे शैक्षिक गुणस्तर सुधार हुन थालेकाे बताए । उपप्रमुख देवका बेल्वासे कार्यक्रममा मन्तब्य व्यक्त गरिन ।

शिक्षा शाखा अधिकृत भवानी गिरीकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा इजिअारपीका जिल्ला संयाेजक हल्लुप्रसाद चाैधरीले प्रकाश पारेका थिए ।

कार्यक्रम तिन दिन सम्म चल्नेछ । कार्यक्रमकाे सञ्चालन कमल शर्माले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस