Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन्

अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन्


दाङ्ग, जन्मदै शारीरिक अपांग जन्मिएका २४ बर्षिय गणेश बुढा मगर यताउता हिड डुल गर्नु पर्यो भने बैशाखीको साहारा लिने गर्दछन ।

उनको उचाई ३४ इन्च छ भने तौल २० केजीको रहेको छ । तर उनीमा हिम्मत भने संसार चुम्ने रहेको बताउछन । २०५२ साल रुकुम जाङ्ग भन्ने ठाउँमा बुवा सुक बहादुर र आमा धनपुरा बुढा मगरको कान्छो छोराको रुपमा जन्मिएका गणेशले २०७२ सालमा प्लस टु पास गरे र उच्च शिक्षा पढ्नका लागि रुकुमबाट बुटवल तिर गएको बताए ।

उनै बुढा यति बेला दाङ्गको लमहीमा चलिरहेको महोत्सवमा आई पुगेका छन । गणेशले लिपुलेख कालापानी नामक टेली फिल्ममा पनि अभिनय गरेको बताए । उक्त फिल्ममा छोराको भूमिकामा उनले अभिनय गरेका छन् ।

उनि भन्छन अपाङ्ग छु तर म भित्र भएको प्रतिभाले केहि गर भनेर उकुस मुकुस पार्छ । केहि संघ संस्थाले मेला महोत्सबमा उनलाई प्रयोग गरेर आर्थिक कुम्लाएर सम्पर्क बिहिन भएको गुनासो सुनाए । अब त्यस्ता संघ संस्थाको भर बिस्वास पर्दैन बरु आफै केहि गर्छु भन्ने गणेशमा आंट पलाएको छ ।

पछिल्लो समय उनीमा चलचित्र निर्माण गर्ने सपना पलाएको छ र यसका लागि उनि योजना बुनेर आर्थिक संकलन गर्नका लागि जुटेका छन् । चलचित्रको नाम पनि टुंगो लागि सकेको र त्यसका लागि कथाबस्तु पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

उक्त फिल्ममा मुख्य पात्रका रुपमा आफु रहने र अरु सपाङ्ग व्यक्तिलाई समाबेश गराउने उनले बताए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस