गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन् अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन् प्रिया स्मृती गजमेर फागुन १, २०७६ गते १०:५४ मा प्रकाशित दाङ्ग, जन्मदै शारीरिक अपांग जन्मिएका २४ बर्षिय गणेश बुढा मगर यताउता हिड डुल गर्नु पर्यो भने बैशाखीको साहारा लिने गर्दछन ।उनको उचाई ३४ इन्च छ भने तौल २० केजीको रहेको छ । तर उनीमा हिम्मत भने संसार चुम्ने रहेको बताउछन । २०५२ साल रुकुम जाङ्ग भन्ने ठाउँमा बुवा सुक बहादुर र आमा धनपुरा बुढा मगरको कान्छो छोराको रुपमा जन्मिएका गणेशले २०७२ सालमा प्लस टु पास गरे र उच्च शिक्षा पढ्नका लागि रुकुमबाट बुटवल तिर गएको बताए ।उनै बुढा यति बेला दाङ्गको लमहीमा चलिरहेको महोत्सवमा आई पुगेका छन । गणेशले लिपुलेख कालापानी नामक टेली फिल्ममा पनि अभिनय गरेको बताए । उक्त फिल्ममा छोराको भूमिकामा उनले अभिनय गरेका छन् ।उनि भन्छन अपाङ्ग छु तर म भित्र भएको प्रतिभाले केहि गर भनेर उकुस मुकुस पार्छ । केहि संघ संस्थाले मेला महोत्सबमा उनलाई प्रयोग गरेर आर्थिक कुम्लाएर सम्पर्क बिहिन भएको गुनासो सुनाए । अब त्यस्ता संघ संस्थाको भर बिस्वास पर्दैन बरु आफै केहि गर्छु भन्ने गणेशमा आंट पलाएको छ ।पछिल्लो समय उनीमा चलचित्र निर्माण गर्ने सपना पलाएको छ र यसका लागि उनि योजना बुनेर आर्थिक संकलन गर्नका लागि जुटेका छन् । चलचित्रको नाम पनि टुंगो लागि सकेको र त्यसका लागि कथाबस्तु पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।उक्त फिल्ममा मुख्य पात्रका रुपमा आफु रहने र अरु सपाङ्ग व्यक्तिलाई समाबेश गराउने उनले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप