Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५आयाम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः बसेल

आयाम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः बसेल


दाङ्ग, आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेसन कार्यक्रम शनिवार गढवामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आजको बचत भोलीका सन्ततीलाइ भन्ने कुरामा जोड दिएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले सरकारले पनि सहकारी संस्थाहरुलाइ प्रर्वद्धन गर्नका लागि सरकारले विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताए ।

२०७२ साल देखि संचालनमा आएको सहकारीले विभन्न क्षेत्रहरुमा ऋण लगानी गरेर किसान र व्यवसायीहरुको आर्थिक आयआर्जनमा सेवा पु¥याएको छ । सहकारीले तिनवटा सामुदायिक विद्यालयका बालबालिकालाइ पाँचौ साधारणसभा तथा दोस्रो अधिवेसन कार्यक्रमको अवसरमा छात्रावृद्धि प्रदान गरेको छ ।

कार्यक्रममा नेकपाका कालिराम चौधरी, नेपाली काङ्ग्रेस गढवाका उपसभापति कृष्णराज पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, राजधानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश चौधरी, धनपनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक आरती नेपाली लगायतले बोलेका थिए ।
संस्थाका सचिव सोम चौधरीले वाषिर्क प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक सिता नेपालीले प्रस्तुत गरेका थिए । सस्थाका अध्यक्ष ओमप्रकाश बसेल अध्यक्षता एवं गढवा गाउँपालिका अध्यक्ष सहराम यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

बजार प्रतिनिधि गिता गिरीको स्वागत मन्तब्यबाट शरु भएको कार्यक्रमको सहजिकरण संस्थाका रेमिट प्रमुख किरण सुनारले गरेकी थिइन् ।
यस्तै आयाम बहुउद्देश्य सहकारी संस्था लिमिडेटको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेसनले पुन ओमप्रकाश बसेललाइ चार वर्षका लागि अध्यक्षमा सर्वसहमत रुपमा चयन गरेको छ ।

ओमप्रकाश बसेलको अध्यक्षमा नौजना नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा पुष्पराज घिमिरे, सचिवमा श्यामबहादुर चौधरी, कोषाध्यक्षामा कालीप्रसाद चौधरी र अन्य सदस्यहरु रहेका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस