दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
दाङ्ग, लमही नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आज शुक्रवार देखि लमहीमा शुरु भएको छ ।
प्रतियोगिताको प्रदेश नम्बर ५ का सभासद रेवती रमण शर्माले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै सभासद शर्माले देशको सर्बांगिन बिकाश गर्नका लागि खेल क्षेत्रको बिकाश गर्न आबश्यक रहेको भन्दै राज्यले यसका लागि नीति निर्माण गर्नु पर्ने बताए ।
समाजलाई असल बाटोमा डोर्याउनका लागि खेल क्षेत्रको उत्तिकै महत्वपूर्ण भएकोले एक घर एक खेलाडी हुनु पर्ने सभासद शर्माले बताए । खेल जीवनलाई स्वस्थ राख्ने माध्यम भएकोले खेललाई राज्यले महत्वका साथ् लिएको बताए ।
उक्त नगरपालिका स्तरिय प्रतियोगितामा निजि र सामुदायिक बिद्यालय गरेर पच्चीस वटा बिद्यालय सहभागी भएका छन् । प्रतियोगिताका लागि लमही नगरपालिकाले चार लाख बजेट छुटाएको छ ।
गतबर्ष यो प्रतियोगिता लमही नगरपालिका ७ स्थित रहेको निम्न माध्यामिक बिद्यालय हसनापुरमा भएको थियो । हरेक बर्ष यो कार्यक्रम फरक फरक बिद्यालयमा आयोजना गरिने लमही नगरपालिका शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्रीले बताए ।
कार्यक्रममा लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर केसी, शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्री, जोतिष्मती विद्यापीठका प्रिन्सिपल नारायण भुषाल, एन प्याब्सन दाङ्ग जिल्ला उपाध्यक्ष भू–माण्डाप केसी, विद्यालयका प्रिन्सिपल राजु यादव लगायतका बोलेका थिए ।
लमही नगरपालिकाको आयोजना र रोजी बड्स बाल बाटिका माध्यामिक विद्यालयको सहआयोजनामा भएको कार्यक्रममा अतिथिलाई उक्त विद्यालयका बिद्यार्थीहरुले बिभिन्न प्रस्तुति देखाएर सम्मान गरेका थिए ।
तिन दिन सम्म कार्यक्रममा बिभिन्न विद्याका खेलहरु प्रदर्शन गरिने भएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सभासद रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो ।
बिद्यालयका शिक्षक पूर्ण ओलीको स्वागत रहेको कार्यक्रमको संचालन निमानन्द गैरे र बसन्त न्यौपानेले गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन रास्ट्रिय गितमा पिटी परेड गर्दै रोजी बड्स बाल बाटिका माध्यामिक विद्यालयका छात्र तथा छात्राहरु
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस