Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५वडा नम्बर ६ ले गर्यो दुईवटा काम एकै पटक

वडा नम्बर ६ ले गर्यो दुईवटा काम एकै पटक


दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाका एक सय एकासी जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाइबर सिरक प्रदान गरेको हो ।

सिरक प्रदान गर्दै वडाध्यक्ष गणेश मान चौधरीले जेष्ठ नागरिकको सम्मान पनि हुने र जाडोमा काम पनि लाग्ने भएकोले सिरक प्रदान गरेको बताए ।

कसैका पनि बृद्द बुवा आमाले आफ्ना सन्ततिबाट दुख झेल्न नपाओस, राज्यले जेष्ठ नागरिकलाई सम्मान गरेको देखेर उनीहरुले पनि स–सम्मानका साथ् बृद्दहरुलाई राख्न सिकुन भनेर यो कार्यक्रम आयोजना गरेको वडाध्यक्ष चौधरीले बताए ।

त्यस्तै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले नगरका सबै वडा कार्यालयहरुले जेष्ठ नागरिकलाई सम्मान र सिरक प्रदान गरेको भन्दै आगामी दिनमा पनि वडा कार्यालयले यस्तै बृद्द बृद्दाको पक्षमा काम गरोस भन्दै सुभ कामना दिएका थिए ।

त्यस्तै उपप्रमुख देवका बेलबासेले जेष्ठ नागरिकका लागि हक हित र सुरक्षाका लागि स्थानीय सरकार तयार रहेको बताईन । त्यसै गरि वडा कार्यालयले लमही आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा चेकजांच गराएको छ ।

उक्त निशुल्क आँखाको शिविरमा एक सय तिस जनाको आँखा चेकजांच गरिएको छ । जस मध्ये त्रिचालिस जनामा समस्या देखिएको लमही आँखा अस्पतालका फिल्ड संयोजक टेक बहादुर चौधरीले बताए । उनिहरुलाई जलबिन्दु र दृष्टि दोस (आँखामा चस्मा ) लगाउन पर्ने समस्या देखिएको चौधरीले बताए ।

लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश मान चौधरीको अध्यक्षता, नगर प्रमुख कुल बहादुर चौधरीको प्रमुख आतिथ्य र उपप्रमुख देवका बेल्बासेको बिशिष्ट आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।

वडा सदस्य सुनिता चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन वडा सदस्य कृष्ण खत्रीले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस