गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडा नम्बर ६ ले गर्यो दुईवटा काम एकै पटक वडा नम्बर ६ ले गर्यो दुईवटा काम एकै पटक प्रिया स्मृती गजमेर माघ १०, २०७६ गते १६:२३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाका एक सय एकासी जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाइबर सिरक प्रदान गरेको हो ।सिरक प्रदान गर्दै वडाध्यक्ष गणेश मान चौधरीले जेष्ठ नागरिकको सम्मान पनि हुने र जाडोमा काम पनि लाग्ने भएकोले सिरक प्रदान गरेको बताए ।कसैका पनि बृद्द बुवा आमाले आफ्ना सन्ततिबाट दुख झेल्न नपाओस, राज्यले जेष्ठ नागरिकलाई सम्मान गरेको देखेर उनीहरुले पनि स–सम्मानका साथ् बृद्दहरुलाई राख्न सिकुन भनेर यो कार्यक्रम आयोजना गरेको वडाध्यक्ष चौधरीले बताए ।त्यस्तै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले नगरका सबै वडा कार्यालयहरुले जेष्ठ नागरिकलाई सम्मान र सिरक प्रदान गरेको भन्दै आगामी दिनमा पनि वडा कार्यालयले यस्तै बृद्द बृद्दाको पक्षमा काम गरोस भन्दै सुभ कामना दिएका थिए ।त्यस्तै उपप्रमुख देवका बेलबासेले जेष्ठ नागरिकका लागि हक हित र सुरक्षाका लागि स्थानीय सरकार तयार रहेको बताईन । त्यसै गरि वडा कार्यालयले लमही आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा चेकजांच गराएको छ ।उक्त निशुल्क आँखाको शिविरमा एक सय तिस जनाको आँखा चेकजांच गरिएको छ । जस मध्ये त्रिचालिस जनामा समस्या देखिएको लमही आँखा अस्पतालका फिल्ड संयोजक टेक बहादुर चौधरीले बताए । उनिहरुलाई जलबिन्दु र दृष्टि दोस (आँखामा चस्मा ) लगाउन पर्ने समस्या देखिएको चौधरीले बताए ।लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश मान चौधरीको अध्यक्षता, नगर प्रमुख कुल बहादुर चौधरीको प्रमुख आतिथ्य र उपप्रमुख देवका बेल्बासेको बिशिष्ट आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।वडा सदस्य सुनिता चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन वडा सदस्य कृष्ण खत्रीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै