Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गमा ससुराद्वारा बुहारीको हत्या

दाङ्गमा ससुराद्वारा बुहारीको हत्या


दाङ्ग, देउखुरीमा ससुराले चक्कु प्रहार गर्दा बुहारीको मृत्यु भएको छ ।

बुधबार राती गढ्वा गाउपालिका वडा नम्बर ४ राम नगर निवासी ६५ बर्षिय कुलमान योगी कवरले आफ्नै कान्छी बुहारी २७ बर्षिया बसन्ता कवरलाई माछा काट्न प्रयोग गर्ने चक्कु प्रहार गरेका हुन ।

ससुरा कुलमान र बुहारी बसन्ताको सामान्य बिबाद भएको थियो । चक्कु प्रहार बाट गम्भीर घाइते भएकी बसन्ताको उपचारका क्रममा बाकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढ्वाका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए ।

कुलमानले पहिले पनि बुहारीहरुलाई गलत नजरले हेर्ने, प्रतिकार गर्न खोज्दा मार्ने धम्कि दिदै आएको स्थानियलाई उदृत गर्दै प्रहरी निरीक्षक राठौरले बताए । कुलमानको श्रीमती बितेको ६ महिना भएको छ ।

श्रीमती बितिसके पछि झन उनिमा गलत हर्कत गर्ने कार्य बढेर गएको स्थानीयले बताए । कान्छो छोरा सन्जय घरमा नभएको समयमा उक्त घटना घटेको थियो । कुलमानले यस अघि छोराहरूलाई पटक पटक चक्कु हान्ने प्रयास गरेका थिए ।

मृतक बसन्ताको शबलाई लमही अस्पतालमा पोष्ट मार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको छ । कुलमानलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि कारबाही अगाडी बढ्ने प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस