गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा ससुराद्वारा बुहारीको हत्या दाङ्गमा ससुराद्वारा बुहारीको हत्या प्रिया स्मृती गजमेर माघ १०, २०७६ गते १५:०६ मा प्रकाशित दाङ्ग, देउखुरीमा ससुराले चक्कु प्रहार गर्दा बुहारीको मृत्यु भएको छ । बुधबार राती गढ्वा गाउपालिका वडा नम्बर ४ राम नगर निवासी ६५ बर्षिय कुलमान योगी कवरले आफ्नै कान्छी बुहारी २७ बर्षिया बसन्ता कवरलाई माछा काट्न प्रयोग गर्ने चक्कु प्रहार गरेका हुन । ससुरा कुलमान र बुहारी बसन्ताको सामान्य बिबाद भएको थियो । चक्कु प्रहार बाट गम्भीर घाइते भएकी बसन्ताको उपचारका क्रममा बाकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढ्वाका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए । कुलमानले पहिले पनि बुहारीहरुलाई गलत नजरले हेर्ने, प्रतिकार गर्न खोज्दा मार्ने धम्कि दिदै आएको स्थानियलाई उदृत गर्दै प्रहरी निरीक्षक राठौरले बताए । कुलमानको श्रीमती बितेको ६ महिना भएको छ । श्रीमती बितिसके पछि झन उनिमा गलत हर्कत गर्ने कार्य बढेर गएको स्थानीयले बताए । कान्छो छोरा सन्जय घरमा नभएको समयमा उक्त घटना घटेको थियो । कुलमानले यस अघि छोराहरूलाई पटक पटक चक्कु हान्ने प्रयास गरेका थिए । मृतक बसन्ताको शबलाई लमही अस्पतालमा पोष्ट मार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको छ । कुलमानलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि कारबाही अगाडी बढ्ने प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट