Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५गुणस्तरीय शिक्षा प्रदानमा प्रदेश सरकारको चासो

गुणस्तरीय शिक्षा प्रदानमा प्रदेश सरकारको चासो


दाङ्ग, गत बर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) को परिक्षामा हद भन्दा धेरै बिद्यार्थीहरुले डी ग्रेड ल्याएको भन्दै अध्ययन र अध्यापनलाई सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेश ५ को सरकारले चासो देखाएको छ ।

यसैबीच गणित तथा बिज्ञान बिषयको नतिजा सुधार अभियान अन्तर्गत बिषय शिक्षकहरुको १ दिने कार्यशाला देउखुरीको लमहीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ सामाजिक बिकाश मन्त्रालयका उपसचिव केशब अर्यालले अहिले सम्म पनि गणित र बिज्ञान बिषयमा विद्यार्थीहरुले सोचेको जस्तो नतिजा ल्याउन नसकेको, देश समृद्धिको यात्रामा रहेको बेला शिक्षाको नतिजा भने जस्तो नआउनु दुखद भएको बताए ।

प्रदेश नम्बर ५ सामाजिक बिकाश मन्त्रालयले जिल्लाको तुलसीपुरमा रहेको सामाजिक बिकास डिभिजन कार्यालय मार्फत यो कार्यक्रम संचालन गरेको हो । उनका अनुशार यो अभियानले समस्या पत्ता लगाउने र समाधानको उपाय पनि खोज्न मद्धत गर्ने बताए ।

एसईइको परिक्षामा हद भन्दा पनि धेरै संख्यामा डि ग्रेड ल्याएकोले विद्यार्थीको जीवन झन अन्धकार हुने भएकोले यो कुरालाई मन्त्रालयले चासोका साथ लिएको अर्यालले बताए । यो कार्यक्रम प्रदेश ५ का सबै जिल्लामा संचालन गरिने भएको छ ।

यस अघि दाङ्गको घोराही र तुलसीपुर कार्यक्रम भैसकेको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले विद्यार्थीलाई कस्तो शिक्षा दिने र कस्तो बनाउने भन्ने शिक्षकमा भर पर्ने बताए । विद्यार्थीलाई असल शिक्षा दिनका लागि शिक्षक र विद्यार्थीको दुरि सामीप्यता हुनु पर्ने भन्दै समाज रुपान्तरण गर्ने दायित्व शिक्षक कै भएकोले कत्ति पनि कन्जुस्याइँ नगर्न आग्रह गरे ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले विद्यार्थीहरुलाई पनि नयाँ तरिकाबाट पठन पाठन गराएर उनिहरुको बौद्धिक बिकासको लागि प्रेरित गर्न आबश्यक भएको बताईन । बुधवार लमहीमा आयोजना गरिएको गणित तथा बिज्ञान बिषयको नतिजा सुधार अभियान कार्यक्रममा देउखुरीका चारवटै स्थानिय तह अन्तर्गतका सामुदायिक बिद्यालयका बिषयगत शिक्षकहरुको सहभागिता रहेको थियो ।

सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुर दाङ्गका निमकान्त आचार्यको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आदर्श माध्यामिक बिद्यालय देउपुरका प्रधानाध्यापक शिवहरी पोखरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन रुद्रमणी खरेलले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस