Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमही जेसिजको भवन उद्घाटन तथा पद हस्तान्तरण कार्यक्रम

लमही जेसिजको भवन उद्घाटन तथा पद हस्तान्तरण कार्यक्रम


दाङ्ग, लमही नगर जेसिजको नवनिर्मित भवन शनिवार उद्घाटन भएको छ । अब देखि लमही जेसिजले आफ्नै भवन बाट कार्य सम्पादन गर्ने छ ।

भवनको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरेका हुन् । जेसिजले शनिवार लमहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेरभवनको उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख केसीले युवा जमातलाई संगठित गरेर समाज सेवामा लाग्न प्रेरित गरेको प्रति खुशी व्यक्त गरे । युवा युवतीहरु पछिल्लो समय लागु औषध दुर्व्यसनीको शिकार हुँदै गएको भन्दै त्यस्ता कार्यलाई लमही जेसिजले निस्तेज पार्न अझै महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

नवनिर्मित भवन निर्माणका लागि लमही नगर बिकाश समितिले पन्ध्र धुर जग्गा सन् २००७ मा उपलब्ध गराएको थियो । भवन निर्माणमा चालिस लाख रुपैया खर्च भैसकेको भवन निर्माण संयोजक खेमराज घिमिरेले बताए ।

एकै पटक कम्तिमा एक सय जना अट्न सक्ने क्षमता भएको भवन निर्माण भएको छ । भवन निर्माणका लागि बिभिन्न संघ सस्था, व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ । त्यस्तै लमही नगरपालिकाबाट पांच लाख रुपैया सहयोग भएको संयोजक घिमिरेले बताए ।

भवन नहुँदा निकै समस्या थ्यो जेसिजको आफ्नै भवन भएपछी अब कुनै पनि कार्यक्रम गर्दा सहज हुने छ २०२० का नवनिर्वा्चित अध्यक्ष सपना पाण्डे पण्डितले भनिन । त्यस्तै लमही जेसिजको २०२० का लागि नयाँ कार्य समिति गठन भएको छ ।

जसको अध्यक्षमा सपना पाण्डे पण्डित, कार्यकारिणी उपाध्यक्षमा दुई जना रहेका छन् जसको वर्षा २०२० को कार्यकारिणी उपाध्यक्षमा भिम भुषाल, गोबिन्द ओली, त्यस्तै उपाध्यक्षका लागि चार जना चयन भएका छन् । जसको उपाध्यक्षमा मुकेश चौधरी,रामदीन चौधरी,किशन भट्टराई, बिष्णु गिरी, सचिवमा निर्मला चौधरी लगायत रहेका छन् । त्यसैगरी बिभिन्न विधामा उत्कृष्ट कार्य गरेर सहयोग गरेको भन्दै पांच जनालाई सम्मान गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सहयोग गरेको भन्दै डा . पुष्पराज भुषाल , सामाजिक क्षेत्रमा प्रकाश विष्ट, संचार क्षेत्रमा शिवु खनाल, शिक्षा क्षेत्रमा जागेश्वर घिमिरे र खेलकुद क्षेत्रमा रास्ट्रिय महिला क्रिकेटर लक्ष्मी चौधरीलाई सम्मान गरेको हो ।

सो अबशरमा पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको छ । लमही जेसिज २०१९ का अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लमही जेसिजका पूर्व अध्यक्ष खेमराज घिमिरे, उमाकान्त चौधरी, शेषमनी गौतम, लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासे लगायतकाले बोलेका थिए ।

लमही जेसिजका उपाध्यक्ष केशब दिपक शर्माको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण लमही जेसिज २०१९ का महासचिव बसन्त न्यौपानेले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस