Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५पत्रकार कुसारीको प्राबिधिक सहयोगमा बिधुत तार बिस्तार

पत्रकार कुसारीको प्राबिधिक सहयोगमा बिधुत तार बिस्तार


दाङ्ग, पत्रकार देबिराम कुसारी सामाजिक काममा चिरपरिचित नाम हो । कहिले आपत बिपत परेका बेला राहत लिएर पुग्छन त् कहिले अप्ठ्यारोमा परेकाहरुको सहयोगमा जुटेका हुन्छन उनि ।

यस्तै कुसारीको प्रविधिक सहयोगमा दंगिशरण २ नमुना रोड सरुवाडाडामा विद्युत तार विस्तार भएको छ ।
पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि सो तार विस्तार गरेका हुन् ।

तार ढुवानि र विस्तारका लागि प्राविधिक खर्च आफुले व्यक्तिगत रुपमा व्यवस्था गरेको पत्रकार कुसारीले जानकारी दिए ।
उनको निजि खर्चमा ठारीखोलेको घर देखि करिव दुई सय मिटर तार विस्तार गरीएको हो ।

विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गोपिलाल चौधरी लगाएतको टोलिले आजै सोमावार तार विस्तार गरी गरेको हो ।

यसरी तार विस्तार भएपछि टाढावाट सर्भिस तारमा लाग्ने खर्च, पटक–पटक तार चुडिने लगाएत बिजुली स्पार्किङ्को समस्यावाट स्थानियवासी मुक्त भएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस