प्युठानमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
प्यूठान, आफ्नै श्रीमती हत्या गरेको आरोपमा प्युठानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय ६६ वर्षीय खोडस गिरीलाई श्रीमती ५८ वर्षीया लोकादेवी गिरीको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले श्रीमतीको हत्या आशंकामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । आईतवार गाउँमा बसेको गरिवि निवारण कोष समूहको मासिक वैठकमा मृतक महिला उपस्थित नभएपछी स्थानियले महिलाको सोधिखोजी गर्न थालेका थिए ।
१२ दिन अघिदेखि सम्पर्कविहिन गिरीको शवलाई आफन्त र स्थानीयले आफ्नो घरदेखि अन्दाजी १५० मिटरको दूरीमा रहेको डट्टाकुरा खरयानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए ।
खरयानमा शब गाडेको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।’ गिरीलाई हत्यागरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक जिसीले बताएको प्युठानबाट पत्रकार सलिम अन्सारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस