गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:१४ मा प्रकाशित दाङ्ग, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपालले आफ्नो २९ औँ स्थापना दिवस आज मंगलवार लमहीमा मनाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताले राज्यले निजि बिद्यालयलाई पनि सामुदायिक बिद्यालय जस्तै ब्यबहार गर्नु पर्ने बताए ।प्याप्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्याप्सन दाङका केन्द्रिय सदस्य केशव थापाले निजी तथा आवासिय विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै थापाले विद्यार्थीहरुलाई उत्कृष्ट बनेर आफ्नो निजी विद्यालयको छुट्टै पहिचान स्थापना गर्न प्रेरित गरे ।कार्यक्रममा प्याप्सन दाङका उपाध्यक्ष मेहन्द्र अधिकारी, लमही नगरपालिका शिक्षा प्रमुख रविन्द्र क्षेत्र, प्याप्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, प्याप्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, सहसचिव विकास रजौरे, घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, तुलसिपुर नगर समितिका अध्यक्ष गिरीराज डाँगि, लमही नगर समितिका अध्यक्ष राजु यादव राप्ती गाउँपालिकाका प्याप्सन अध्यक्ष तेजबहादुर विष्ट लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रममा देउखुरी क्षेत्रका निजी विद्यालयका विद्यार्थीहरुले लमही बजार परिक्रमा गर्दै उक्त जुलुस लमहीको सार्वजनिक बगैँचामा आएर सभामा परिणत गरिएको थियो । कार्यक्रमको विचामा शैक्षिक कला, खेलकूदहरु विद्यार्थीहरुले प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन ज्योतीष्मतीका प्रिन्सिपल नारायण भुषालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल