गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ क्यान्सर पिडितलाई आर्थिक सहयोग क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, बिगत तिन महिना देखि फोक्सोमा क्यान्सर भएर थला परेका लमही नगरपालिका वडा नम्बर ५ निवासी अर्जुन कुमार धवनका २३ बर्षीय छोरा गणेश कुमार धवनलाई लमही स्थित सुनौलो देउखुरी यातायात प्रालिले आर्थिक सहयोग गरेको छ ।आज लमहीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल र सल्लाहकार नारायण प्रसाद बन्जाडेले संकलन भएको ५२ हजार २३ रुपैया पीडितका बाबु अर्जुन कुमार धवनलाई संयुक्त रुपमा रकम प्रदान गरेका हुन् । पेशाले पिडित गणेश पनि ई–रिक्सा चालक हुन् तर बिरामी भएपछी करिब तिन महिना यता उनको ईरिक्सा घरमै थन्किएको छ ।उनको आर्थिक स्थिति निकै दयनिय भएकोले उपचारमा समस्या भएको उनका बाबु अर्जुनले बताए । उपचारका लागि धवन नेपालका बिभिन्न अस्पतालमा पुगे तर असम्भव देखिएपछि छोरालाई लगेर उनि भारतको राजस्थानमा पुगे । त्यहा पुगेर छोराको उपचार सुरु गरे तर आर्थिकको भार थपियो । ऋण कर्ज काढेर लगेको पैसा हुँदा सम्म बसे त्यसपछि नेपाल फर्किए अर्जुनले भने ।अहिले पिडित गणेश राजस्थानमा डाक्टरहरुले दिएको औषधि खाइरहेका छन् । उक्त औषधिले छोराको स्वास्थ्यमा केहि सुधारोन्मुख भएको बाबु अर्जुनले बताए । छोराको उपचारमा खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाई दिन बाबु अर्जुनले आग्रह गरेका छन् ।सहयोग गर्न चाहाने सहयोगीहातहरुले पिडितको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०९१९००१३८७९१४०१६ मा सहयोग रकम पठाउन सकिने छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल