Techie IT
×
गृहपृष्ठग्लोबलभ्रमण वर्ष सफल पार्न एनआरएनएको अभियान तिव्र, मध्यपूर्वको संयोजकमा भट्ट र व्यवसायी संयोजकमा चौलागाईं

भ्रमण वर्ष सफल पार्न एनआरएनएको अभियान तिव्र, मध्यपूर्वको संयोजकमा भट्ट र व्यवसायी संयोजकमा चौलागाईं


दोहा – नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारीक उद्दघाटन गरेसंगै विभिन्न उदेश्यका साथ नेपाल बाहिर रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पनि भ्रमण वर्ष सफल बनाउन नितिगत रुपमै अभियानमा तिव्रता दिएको छ ।

यसै क्रममा संघले नेपाल भ्रमण वर्ष २०२० विशेष टाक्सफोर्सका लागि संघका निवर्तमान अध्यक्ष भवन भट्टलाई विश्व संयोजकका रुपमा जिम्मा दिदै भट्टकै नेतृत्वमा मध्यपूर्वको लागि पनि संयोजक र मध्यपूर्व व्यवसायी संयोजक गरी दुई जना प्रतिनिधि नियूक्ती गरि अभियानलाई थप सबल बनाउने यात्रा तय गरेको छ ।

एनआरएनए आसिसी सदस्य तथा नेपाली व्यवसायी संघ कतारका सह सचिव समेत रहेका समाजसेवि एवं कुशल यूवा व्यवसायी रमेश भट्टले  मध्यपूर्व संयोजकको जिम्मेवारी पाएका छन् भने कतारलाई आफ्नो कर्म भुमी बनाउदै एक कुशल र स्थिापित व्यवसायी तथा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष मेहेन्द्र चौलागाईले मध्यपूर्व व्यवसायी संयोजकको जिम्मेवारी पाएका छन् ।

‘मातृभूमी समृद्द भए नै व्यक्तिको समृद्दिको अर्थ रहन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरेको यस गैर नेपाली संघले मुलुकमा गैरआवासीय नेपालीहरुको ज्ञान, साधान, श्रोत, परिचालन गर्ने किसिमका कार्यहरुलाई मुर्तरुप दिन यस भ्रमण वर्षले महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ भन्ने विश्वास नव नियूक्त भट्टले लिएका छन् ।

दीप सञ्चार मिडिया संग कुरा गर्दै भट्टले भने, ‘मैले पाएको समग्र मध्यपूर्वको जिम्मेवारी र हाम्रै व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईले पाएको व्यवसायी संयोजकको जिम्मेवारी हामि पुरा  गर्छौं ।’ भट्टले थपे, ‘समग्र मध्यपूर्व र यस क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीको जिम्मेवारी कतारले नै पाउनु एउटा जिम्मेवारी मात्र नभई महत्वपूर्ण अवसर पनि हो । यसलाई हामिले गहनताका साथ बहन गर्नेछौं ।’

भर्खरै मात्र नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिमा नियुक्त भएका चौलागार्ईंले नेपाल भ्रमण वर्ष सफल बनाउन आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

चौलागाईले केही दिन अगाडि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई भेटेर पर्यटन वर्ष सफल पार्नका लागि मध्यपूर्वका धेरैभन्दा धेरै पर्यटक नेपाल भित्राउने जानकारी दिएका थिए ।

चौलागाईले मध्यपूर्वका पर्यटकहरुलाई सुरक्षा र विशेष सुविधा आवश्यक भएको मन्त्रीलाई सुझाएको बताए । चौलागाईंले भने–‘मध्यपूर्वबाट धेरै पर्यटक नेपाल आउँछन तर सुरक्षित महशुस गराउन हामीले सक्नुपर्छ ।’


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस