गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १८:०५ मा प्रकाशित दाङ्ग, नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले आगामी माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना दिएको छ । आज शनिवार लमहीको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर बधाई तथा सुभकामना दिएको हो ।नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यहि माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनमा दाङ्गबाट नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेबी न्यौपाने, अर्घाखाँचीबाट नेपाली कांग्रेसका वैकल्पिक केन्द्रिय सदस्य बालकृष्ण पाण्डे र बाँकेबाट मेराज हलवाईलाई उमेद्वार बनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि चौधरीले र्बतमान सरकार भ्रष्टाचारमा चुलुमर््मम डुबेको बताईन । सरकारको लापरबाहीका कारण उखु किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै गरिबको सरकार भन्नेहरुले नै गरिबको रगत र पसिनामा खेलबाड गरेको आरोप लगाईन ।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको कार्यक्रममा संबिधान सभा सदस्य योगेन्द्र चौधरी, जिल्ला सदस्य अर्जुन योगी, महासमिति सदस्य जानकीलाल बस्नेत, अनुराग यादव, कर्ण बहादुर बुढाथोकी, पूर्व महासमिति सदस्य मधु न्यौपाने, महाधिबेसन सदस्य रेशम बहादुर खड्का, महिला संघ क्षेत्र नम्बर १ का सभापति खिमादेबी रिजाल,नेपाल तरुण दल क्षेत्र नम्बर १ का सभापति किरण कुमार पौडेल,लगायतले उमेद्वारहरुलाई अग्रिम जितको बधाई तथा सुभकामना दिएका छन् ।कार्यक्रमको संचालन क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दैमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान