गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त दीप जङ्ग शाह पुस १९, २०७६ गते १६:४६ मा प्रकाशित दोहा – नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाई नियुक्त भएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार चौलागाईलाई कतार प्रतिनिधिको प्रमाणपत्र (अनररी ट्रेड रिप्रिजेन्टिभ सर्टिफिकेट) हस्तान्तरण गरेका हुन् । नेपाल र कतारका व्यवसायीहरुबीच सम्बन्ध स्थापित गर्नुका साथै कतारी व्यवसायीहरुको लगानी स्वदेशमा ल्याउनका लागि चौलागाईको नियुक्तिसँगै सहज हुने अपेक्षा गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।नेपाल चेम्बर अफ कमर्स समग्र नेपाली व्यवसायीहरुको साझा संस्था हो । यसले नेपाली व्यवसायी तथा व्यापार विस्तारमा सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडि कतारमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु संगठित भएर नेपाली व्यवसायी संघ कतारको स्थापना गरेका थिए ।कतारमा रहेका व्यवसायी र नेपालका व्यवसायीहरुबीच पुलको काम गर्नका लागि अव धेरै सहज हुने अध्यक्ष चौलागाईले बताए । उनले भने, ‘नेपालका व्यवसायी र कतारी व्यवसायीसँगको सम्बन्ध स्थापित गर्न अबबाटो खुलेको छ ।’प्रमाणपत्र हस्तान्तरणमा संघका सचिव उमेश अधिकारीको पनि उपस्थिती रहेको थियो । नेपाली व्यवसायी संघले आगामी जनवरी ३१ मा पहिलो महाधिबेशन गर्दैछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदैराप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दैरिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ७आज माघे सङ्क्रान्ति मनाइँदै ८सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरियो—नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी ताजा अपडेट लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम असन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना हुनेछ विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत