Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति


काठमाण्डौ, माघ ९ गते हुन गैरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ ।

संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

अनलाइन खबर बाट साभार गरिएको


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस