Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल

सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल


दाङ्ग,  राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डाक्टर गोबिन्द पोख्रेलले देशबिकाशको जनशक्ती बिद्यार्थी भएकोले सिप सहितको शिक्षा आजको आबश्यकता भएको बताए ।

गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको दोस्रो बार्षिक उत्सबको अबसरमा प्रमुख अतिथिको रुपमा बोल्दै पोख्रेलले प्रसेन्टेज शिक्षा प्रणालीले बिधार्थिहरुको प्रगति हुन नसक्ने बताए । अभिभाबकहरुको कमाईको ठुलो हिस्सा आफ्नो सन्तानको पठन पाठनमा खर्च भएता पनि सिप युक्त शिक्षा नहुदा देशको ठुलो शैक्षिक जनशक्ती बेरोजगार रहेको पोख्रेलले बताए ।

त्यसैगरि सानो उमेरमा बिद्यार्थीहरुलाई पठन पाठनको भारभन्दा आफ्ना सन्तानको सिकाई क्षमता बिकाशका लागी अभिभाबकहरुले ध्यान दिन जरुरी रहेको पोख्रेलको भनाई छ । कार्यक्रमका बिशिष्ट अतिथि मनोबिद डाक्टर शुसिल कडेंलले बालबालिकाहरुलाई मोबाईल र टिभि जस्ता बिधुतिय उपकरणबाट टाढा राख्न सकेमात्र बालबालिकाको मानसिक बिकाश भै शिक्षा आर्जनमा सहयोग पुग्ने बताए ।

बिधुतिय उपकरणको बढ्दो प्रयोगले बालबालिकाहरुको मस्तिष्कमा नराम्रो असर पार्दे गएको बताउदै अभिभाबकले यसको नियन्त्रण गर्न नसके यसले बालबच्चाको मानसिक स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताए । बिधालयका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक लोकमान रिजाले बिधालयले संचालन गरेका शिक्षण सिकाई क्रियाकलाप र गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

गोरखा ग्रुपका नवल जिएमले बिधालयको आगामी बार्षिक योजना तथा नितिको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन शिक्षक हुकुमानन्द पान्डेयले गरेका थिए । सो अबसरमा बिधार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनी गरिएको थियो ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस