Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद

दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद


दाङ, दाङको गढवा गाउँपालिका वडा नं. ६ गढवा – कोईलावास सडकखण्ड अन्तर्गत नँया वस्ती स्थित बेवारिसे अवस्थामा काठ फेला परेको छ ।

पार्किङ गरि राखेको रा १ च ५५६ नं. को सेतो रङको बलेरो पिक अप जिपमा अवैध सालको काठ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले बरामद गरेको हो ।

उक्त बलेरो जिपको खानतलासी गर्दा चिरान गरिएको १५.८२ क्युफिट र गोलिया २२.१४८ क्युफिट अबैध सालको काठ बरामद गरी आवश्यक कार्बाहीको लागी सव डिभिजन वन कार्यालय गढवा पठाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस