महिला सामुदायिकद्धारा विमा रकम प्रदान
दाङ्ग, महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा करम प्रदान गरेको छ ।
संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विमा रकम बुझ्दै इन्द्राका श्रीमान विजय बहादुर घर्तीले आफुलाई समस्या परेको वेला प्रदान गरिएको रकमले आफ्नो जिवनलाई थोरै भए पनि सजिलो हुने बताए ।
त्यसैगरी स्वर्गिय इन्द्राकी छोरी रेखाले आमालाई कुनै वस्तुसंग तौल गर्न नमिले पनि विमा रकमले आफ्नो पढाइमा सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद दिएकि छन् ।
संस्थाका कनिष्ठ अधिकृत गगन योगीको स्वागत मन्तब्यबाट सुरु भएको रमक प्रदान कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले संस्थाले प्रदान गरेको रकमलाई बढी भन्दा बढी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गरे । कार्यक्रममा प्रबन्धक रेग्मीले संस्थाले लघु वित्त मार्फत हाल सम्म ५५ हजार परिवारलाई सेवा प्रदान गर्दै आइ रहेको जनाकारी गराए ।
कृर्षी, पशु पालन तथा अन्य व्यवसायका लागि संस्थाले प्रदान गर्दै आइरहेको शिप तथा रकमलाई प्रभावकारी रुपमा प्रयोग गर्न सेवाग्राहीलाई रेग्मीले आग्रह गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीले विमा रकम प्रदान गर्दै रकमलाई शिक्षामा लागानी गर्न प्राथमिकता दिन सुझाव दिए ।
कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष कृष्णबहादुर केसी, संस्थाका ग्राहक सेवा बिभाग प्रमुख यमला गौतम लगाएतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शाखा प्रमुख केशव शर्माले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस